यमनका विद्रोही र सरकारबीचको वार्ता सकारात्मक



यमनको सरकार र यहाँका हुथी विद्रोहीका बीचमा आइतबारदेखि सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको जनाइएको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा यहाँको ताइज भन्ने स्थानमा सुरु भएको यी दुई पक्षको वार्ता सकारात्मक रुपमा अघि बढेको बताइएको हो ।

सरकार र हुथीहरुले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएको थियो । त्यसको केही समयपछि आइतबारबाट यो दोस्रो चरणको वार्ता सुरु भएको हो । यमनमा कैयौं वर्षदेखि हिंसा जारी राखेका यहाँ हुथी विद्रोहीहरुका प्रतिनिधि र यमनी सरकारका प्रतिनिधिबीच सकारात्मक रुपमा वार्ता अघि बढेको बताइएको छ ।

यहाँ धेरै वर्षदेखि विद्रोह र हिंसा हँदै गएपछि यसको राजनीतिक समाधान निकाल्नुपर्नेमा जोड दिइएको थियो । सोही कारण संयुक्त राष्ट्रसंघका प्रतिनिधिको उपस्थितिमा यहाँकोे विद्रोहको राजनीतिक समाधान निकाल्नका लागि भन्दै यो वार्ता सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको

बुर्किना फासोका विभिन्न गाउँमा भएको आक्रमणमा १७० जनाको मृत्यु

उत्तरी बुर्किना फासोका विभिन्न गाउँहरूमा भएको आक्रमणमा परी १७० जनाको मृत्यु भएको छ

कतारी र अमेरिकी राजदूत हमाससँगको वार्ताका लागि कायरोमा

गाजामा युद्धविरामका लागि ‘नयाँ चरणको वार्ता’ शुरू गर्न कतार र संयुक्त राज्य अमेरिकाका

जेलेन्स्कीद्वारा पश्चिमी हवाई रक्षाका लागि आग्रह

  रुसी क्षेप्यास्त्र, ड्रोन र तोप हमलामा कम्तीमा ११ जनाको मृत्यु भएपछि युक्रेनका