चीनद्वारा शेन चौ–१४ मानव अन्तरिक्ष यानको सफल प्रक्षेपण



चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको छ ।

प्रक्षेपणपछिको ५७७ सेकण्डमा शन चौ–१४ अन्तरिक्ष यान छाङ चङ रकेटबाट छुटिएर निर्धारित क्षेत्रमा बसेको छ । सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेको अन्तरिक्ष कार्य परियोजनाले जनाएको छ ।

परियोजनाले यो प्रक्षेपण चीनको अन्तरिक्ष यात्राको अर्को सफलता हो । चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजना शुरू भएदेखि यो २३औं अन्तरिक्ष यान प्रक्षेपण हो । साथै अन्तरिक्ष स्टेशन निर्माण क्रममा मानव बोक्ने अन्तरिक्ष यानको प्रक्षेपण गरिएको यो तेस्रो हो ।

यस पटकको प्रक्षेपणपछि अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनको थान ह नामक केन्द्रीय केबिनमा प्रवेश गर्ने र त्यहाँ आगामी ६ महिनासम्म बस्ने योजना रहेको छ । यी अन्तरिक्ष यात्रीहरू, चेन डोङ, लिउ याङ र काई सुझे,ले चीनको अन्तरिक्ष स्टेशनको मर्मतसम्भार गर्ने साथै वैज्ञानिक अध्ययन गर्ने योजना पनि बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने पक्का

अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुवै नेताले अमेरिकी राष्ट्रपतिका लागि

जापानमा निसानले सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने

निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको

ग्रीसले आर्मेनिया–अजरबैजान बीचको शान्ति प्रयासलाई समर्थन गर्ने

ग्रीसले आर्मेनिया र अजरबैजान बीचको शान्ति सन्धिका लागि गरिने सबै कूटनीतिक प्रयासहरूलाई समर्थन

पश्चिमले युक्रेनमा सेना पठाएमा रुस–नेटो भीडन्त हुन क्रेमलिनको चेतावनी

पश्चिमी राष्ट्रहरूले युक्रेनमा सेना पठाउने निर्णय गरेमा रुस र उत्तर एट्लान्टिक सन्धि सङ्गठन