विश्व बैंकद्वारा अफगानिस्तानमा ८० करोड डलरका तीन वटा परियोजना स्वीकृत



आफ्ना नागरिकलाई अत्यावश्यक खाद्यान्न, जीविकोपार्जन र स्वास्थ्य सेवा पुर्याउन तथा विशेष गरी महिलाविरुद्ध तालिवानको बढ्दो अत्याचारलाई रोक्न विश्व बैंक र अफगानिस्तान पुनर्निर्माण कोष ( एआरटीएफल ) को व्यवस्थापन समितिले ७९ करोड ३० लाख अमेरिकी डलरका तीनवटा परियोजना स्वीकृत गरेको छ ।

युद्धग्रस्त देशका ती परियोजना आर्थिक कठिनाइमा परेकाहरूलाई मद्दत गर्ने लक्ष्यका साथ स्वीकृत गरिएका हुन् । महिला र किशोरीहरूलाई परियोजनाले विशेष महत्व दिएको छ । तीनवटै परियोजना संयुक्त राष्ट्रसङ्घीय निकाय र तालिबान नेतृत्वको सरकारको नियन्त्रण बाहिरका गैर–सरकारी संस्थाहरूले सञ्चालन गर्नेछन् ।

विश्व बैंकका अनुसार अफगानिस्तान आपतकालीन खाद्य सुरक्षा परियोजनाले किसानहरूलाई खाद्यान्न उत्पादन गर्न र खाद्य सुरक्षा थप बिग्रन नदिन मद्दत गर्नेछ भने मानवीय पहल गहुँ उत्पादनमा केन्द्रित हुनेछ ।

परियोजनाले बालबालिका, अपाङ्गता भएका व्यक्ति वा दीर्घरोग भएका तथा महिलाको नेतृत्वमा रहेका घरपरिवारलाई बीउ र आधारभूत औजार उपलव्ध गराउनका साथै पोषणसम्बन्धी प्राविधिक तालिम दिनेछ। सामुदायिक जीवनयापन परियोजनाले बाम्यान, हेरात, जलालाबाद, काबुल, कान्दाहार, खोस्ट, कुन्दुज र बल्खमा जीविकोपार्जनका अवसरका साथै ग्रामीण र शहरी क्षेत्रमा आवश्यक सेवाहरू उपलब्ध गराउनेछ ।

ग्रामीण क्षेत्रका दश लाख घरपरिवारलाई आर्थिक र जीविकोपार्जनका अवसर प्रदान गर्ने लक्ष्य परियोजनाको लक्ष्य छ । त्यसैगरी स्वास्थ्यसम्बन्धी अर्को परियोजनाले देशभरका दुई हजार ३०० भन्दा बढी स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य, पोषण र कोभिड–१९ सेवा प्रदान गर्नेछ । परियोजना देशका प्रमुख स्वास्थ्य सेवाहरूको उपयोग र गुणस्तर सुधारमा केन्द्रित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा ६ वटा नयाँ उपग्रह प्रक्षेपण

उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार ६ वटा नयाँ उपग्रह

अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?

पेरिस । अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधिहरू हालैका

म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३, ८९ जना बेपत्ता

याङ्गुन । म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुग्नुका साथै ८९ जना

युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध

युक्रेन। युक्रेनले शुक्रबार रुसी मूलका पावेल दुरोभले स्थापना गरेको सामाजिक सञ्जाल राष्ट्रिय सुरक्षाका