मङ्कीपक्सबाट विश्वमा सङ्क्रमितको सङ्ख्या सात सय पुग्यो



अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले दिएको जानकारीअनुसार अमेरिकामा २१ सहित विश्वभर मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ७०० भन्दा बढी पुगेको छ । पछिल्लो समय मङ्कीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ । सीडीसी–को एउटा नयाँ रिपोर्टअनुसार पहिलो १७ वटा घटनामध्ये १६ जना समलिङ्गी पुरुषसँग यौन सम्बन्ध राख्ने व्यक्ति रहेका र बाँकी १४ जना यात्रासित सम्बन्धित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सबै बिरामीहरू निको भइसकेका छन् वा निको हुने क्रममा छन् तर कुनै पनि सङ्क्रमितलाई जटिल स्वास्थ्य समस्या देखिएको छैन । सीडीसीको ‘डिभिजन अफ हाई कन्सिक्वएन्स प्याथोजेन एण्ड प्याथोलोजी’का उप निर्देशक जेनिफर म्याकक्विस्टनले भने, “संयुक्त राज्य अमेरिकामा पनि केही घटनाहरू देखिएका छन् जसबारे हामीलाई पूर्ण जानकारी छ ।”

संयुक्त राज्य अमेरिकामा यात्रासम्बन्धी वा तिनीहरू कसरी संक्रमित बने भन्ने जानकारी नभएको एउटा पनि घटना नभएको उनले बताए । मङ्कीपक्स एक दुर्लभ रोग हो । यो बिफरसँग सम्बन्धित तर बिफरभन्दा कम गम्भीर रोग हो । यसले गर्दा अन्य लक्षणका साथै फैलने, ज्वरो आउने, चिलाउने र दुख्ने जस्ता लक्षण देखा पर्छन् ।

साधारणतया पश्चिमी र मध्य अफ्रिकामा मात्र सीमित यो रोग (सङ्क्रमण) मे देखि यूरोपमा पनि भेटिएको थियो । त्यसबेलादेखि प्रभावित देशहरूको संख्या बढेको छ । क्यानाडाले शुक्रबार पनि नयाँ तथ्याङ्क जारी गर्दै कूल ७७ जनामा सङ्क्रमण भएको पुष्टि गरेको छ । तीमध्ये प्राय सबै क्युबेक प्रान्तमा पत्ता लागेका हुन र त्यहाँ नियन्त्रणका लागि खोपहरू वितरण गरिएका छन् ।

यसको नयाँ फैलावट युरोपमा विशेष समलैंगिक पर्वहरूसँग सम्बन्धित हुन सक्ने भए तापनि मङ्कीपक्सलाई यौनजन्य रोग मानिएको छैन । यसको मुख्य जोखिम भनेको मङ्कीपक्स भएको व्यक्तिसँग छालादेखि छालाको नजिकको सम्पर्क हुनु हो । सबै घाउहरू सुकेर नयाँ छाला नबनेसम्म एक मानिसबाट अर्कोमा संक्रमण हुने सम्भावना रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अल्जेरियामा रोकियो रुसी युद्धपोत

  उन्नत हाइपरसोनिक मिसाइलहरूले सशस्त्र रूसी युद्धपोत ‘बिजिनेस कल’ का लागि शुक्रबार अल्जेरियाको

ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन

गुजरातमा चण्डीपुरा भाइरसका ३७ संक्रमित फेला

  गुजरातका स्वास्थ्यमन्त्री रुषिकेश पटेलले शुक्रबार राज्यभर चण्डीपुरा भाइरसका ३७ मामिला फेला परेको

श्रीलङ्कामा राष्ट्रपतिको निर्वाचन सेप्टेम्बर २१ मा हुने

श्रीलङ्कामा अनपेक्षितरूपमा आएको आर्थिक सङ्कटका कारण भएको देशव्यापी आन्दोलनले निर्वाचित राष्ट्रपतिलाई विस्थापित गरेपछि