युक्रेनमा शान्ति स्थापना बारे युक्रेन र टर्कीका राष्ट्रपतिबीच छलफल


युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानका बीचमा फोनवार्ता भएको छ । युक्रेनका राष्ट्रपति जेलिन्स्किीले दिएको जानकारीअनुसार उनीहरु भएको फोनवार्ताका क्रममा युक्रेनमा शान्ति स्थापनाको आवश्यकतामा सहमति भएको राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले बताए ।

उनले आफूले सोमबार टर्कीस् राष्ट्रपति एर्डोगानसँग वार्ता गरेको र उहाँ युक्रेनमा शान्ति स्थापनाका लागि तयार रहेको जानकारी दिए । राष्ट्रपति जेलिन्स्किीले टर्कीको यो सहयोग र सदासयताको सराहना गर्नुपर्ने उल्लेख गरेका छन् । रुसले युक्रेनमा सैन्य कारबाही गरिरहेको छ । यसबाट युक्रेनको आर्थिक अवस्था संकटपूर्ण बन्दै गएको बताइएको छ ।