धुमपानका कारण लाग्ने रोगहरूको असरले लाओसमा वार्षिक झण्डै सात हजारको मृत्यु भएको पाइएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार दैनिक १९ जनाको धूमपान सम्वन्धी रोगका कारण मृत्यु हुने गरेको हो ।
एउटाले धूमपान गर्दा अर्कालाई असर पर्ने गरेको र त्यसबाट पनि धेरै मानिस पीडित भएको उनीहरूले जनाएका छन् । लाओस इकोनोमिक डेलीले लाओसका स्वास्थ्य मन्त्री बोङफेङ फौमालायसीथलाई उदृत गर्दै प्रकाशित गरेको समाचारमा विश्वव्यापी यस समस्याबाट आफ्नो मुलुक पनि नराम्रोसँग प्रभावित भएको उल्लेख गरिएको छ ।
पछिल्लो समय १५ वर्षभन्दा बढी उमेरका व्यक्तिमा धुमपानका लत बढेको पाइएको पनि . जनाइएको छ । धुवाजन्य पदार्थका कारण लाग्ने रोगहरूको पछाडि वायुमण्डलको धुँवा–धुलो पनि मुख्य रहेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया