रुसद्वारा युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले डोन्बास क्षेत्रमा रूसले गरेको आक्रमणका कारण उक्त क्षेत्र बसोबासका लागि अनुपयुक्त हुनसक्ने बताएका छन् । टेलिभिजनमार्फत् गरिएको सम्बोधनका क्रममा उनले पूर्वी युक्रेनका सहरहरूलाई खरानीमा परिणत गर्ने रुसको मनसाय देखिएको बताए ।

यसअघि युक्रेनी उपरक्षामन्त्रीले रुसीहरूले एकैसाथ धेरै क्षेत्रमा आक्रमण गरेको र युद्धको गति झन् तीव्र हुँदै गएको बताएकी थिइन् । युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले देशको पूर्वी भागमा अवस्था मानिसहरूले बुझे भन्दा निकै खराब रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गर्दै उनले रुसी सेनाविरुद्ध उभिनका लागि पश्चिमा राष्ट्रहरूसँग युक्रेनलाई खासगरी एकै पटक धेरै रकेट प्रहार गर्न सकिने प्रणाली लगायतका शक्तिशाली हतियार उपलब्ध गराउन पुनः आग्रह गरेका छन् । मस्कोले हाल डोन्बासका दुई सहर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। कुलेबाले खाद्यान्नको आपूर्ति हुने एउटा मुख्य युक्रेनी बन्दरगाहमा रूसले अवरोध सिर्जना गरेकै कारण विश्वमा खाद्य सङ्कटको खतरा बढेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा