पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई भेट्न लण्डनमा



पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग–एन (पीएमएल–एन) का अध्यक्ष नवाज शरीफलाई भेट्न लन्डन पुगेका छन् । शहबाजको साथमा संघीय मन्त्रीहरू र पीएमएल–एन नेताहरू सम्मिलित प्रतिनिधिमण्डल रहेको छ ।

प्रतिनिधिमण्डलमा अहसान इकबाल, मिफ्ताह इस्माइल, अयाज सादिक, मरियम औरंगजेब, साद रफिक र ख्वाजा आसिफ रहेको साम टिभीले जनाएको छ। स्रोतहरू उदृत गर्दै डेली टाइम्सले जनाएअनुसार नवाज शरीफले केही महत्वपूर्ण मुद्दाहरूमा पार्टी नेतृत्वसँग परामर्श गर्न आवश्यक छ जसमा पीएमएल–एनले “ठूलो निर्णय“ लिने अपेक्षा गरिएको छ ।

लन्डनमा मिडियासँग कुरा गर्दै नवाजले उनी शहबाज शरीफ र उनीसँगै आउने अन्यलाई भेट्न उत्सुक रहेको बताएका छन् । भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नवाज सन् २०१९ देखि स्वास्थ्य समस्या देखाउँदै लण्डनमा बस्दै आएका छन्।

पाकिस्तानका पूर्व प्रधानमन्त्रीले स्वास्थ्य परीक्षणको आधारमा लन्डनमा आफ्नो बसाइलाई लम्ब्याउन माग गरेका छन्। नवाजका अनुसार पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को सरकारले पाकिस्तानलाई गहिरो आर्थिक सङ्कटमा छोडेको थियो । गत महिना नवाजले पीपीपी अध्यक्ष बिलावल भुट्टो–जरदारीसँग पनि भेट गरेका थिए जो पछि पाकिस्तानको संघीय मन्त्री नियुक्त भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चुनावपछि अमेरिका–चीन सम्बन्धमा सुधार आउने बेइजिङको विश्वास

चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार

हाइटीमा रात्रिकालीन कर्फ्यु र सङ्कटकाल घोषणा

हाइटीको सरकारले राजधानी शहरको मुख्य कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाको लहरलाई दबाउन

गाजा युद्धविराम तथा बन्धक मुक्तिको लागि आयोजित कायरो बैठकमा सहभागी नहुने इजरायलको निर्णय

इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको

पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको