राष्ट्रसंघद्वारा कंगोमा भएको हिंसात्मक आक्रमणको निन्दा



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कंगोमा हालै सर्वसाधारण व्यक्तिमाथि भएको हमला र हत्याको कडा शब्दमा निन्दा गरेका छन् । उनले हतियारधारी समूहले निहत्था सर्वसाधारणमाथि गरेको हमलाको निन्दा गर्दै यस्ता कार्य तुरुन्त रोक्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

उनका प्रवक्ताले कंगोको इतुरी प्रान्तको डिजुगु क्षेत्रमा सोमबार आएका हतियारधारीहरुले अकस्मात हमला गरेर कम्तीमा पनि ३८ जनाको ज्यान लिएको घटनाको विज्ञप्तिमार्फत् निन्दा गरिएको छ । हमलामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् भने यहाँ मारिएका ३८ जनामा महिला र बालबालिका पनि परेका छन् । यसरी सर्वसाधारण नागरिकमाथि विना कुनै कारण हुने गरेका हमला अमानवीय भएकाभे भन्दै महासचिव गुटरेसले यस्ता कार्य रोक्न माग पनि गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कामको प्रलोभनमा एजेन्टहरूले भारतीय युवालाई रुसी सेनामा भर्ती गरेको खुलासा

बीबीसी । कामको प्रलोभनमा आफूलाई एजेन्टहरूले रुस बोलाएर सेनामा भर्ती गराएको भारतीय केही

टर्कीमा खानीमा फसेका ४ जना कामदारको उद्धार

टर्कीको पूर्वी प्रान्त एलाजिगमा क्रोमाइट खानी भत्किँदा थुनिएका सबै कामदारहरूलाई उद्धार गरेको ऊर्जा

कंगोको सीमा नजिकै पश्चिम बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु

पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ । प्रजातान्त्रिक

चीनले सन् २०२४ मा एकसय वटा अन्तरिक्ष प्रक्षेपण गर्ने

चीनले यो वर्ष करिब एकसय वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । यस