ट्युनिसियामा डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो


ट्युनिसियाको पूर्वी तटबाट १२० जना प्रवासी बोकेका चारवटा डुङ्गा डुब्दा कम्तीमा १७ जना आप्रवासी शरणार्थीको मृत्यु भएको छ । घटनामा अन्य १० जना हराइरहेका प्रारम्भिक जानकारी रहेको ट्युनिसियाको निजी रेडियो स्टेशन मोसाईक एफएमले जनाएको छ ।

रेडियाका अनुसार, डुङ्गामा सवार ९८ जना आप्रवासीलाई स्फ्याक्स शहरको तटबाट उद्धार गरिएको छ र हराएका आप्रवासीहरूको खोजी अझै चलिरहेको छ ।