‘रुसले दक्षिण युक्रेनलाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिन चाहन्छ’



एक जना वरिष्ठ रुसी सैन्य कमान्डरले रुसले दक्षिण युक्रेन र पूर्वी डोनबास क्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्ने लक्ष्य लिएको बताएका छन् । मेजर जनरल रुसत्म मिनकायफलाई उदृत गर्दै सरकारी सञ्चारमाध्यममा सन् २०१४ मा रुसमा गाभिएको क्राइमियामा जोड्ने ’स्थल पुल’ मस्कोले बनाउनसक्ने बाटो खोल्ने लक्ष्य राखिएको भनिएको छ ।

उनले त्यसले मस्कोलाई रुसको समर्थन पाएको मोल्डोभाको पृथकतावादी क्षेत्र ट्रान्जनिस्ट्रियासम्म पहुँच उपलब्ध गराउने बताए । ट्रान्जनिस्ट्रिया युक्रेनसँग सिमाना जोडिएको सानो क्षेत्र हो ।

जनरल मिनकायफको प्रतिक्रिया क्रेम्लिनले आधिकारिक रूपमा स्वीकृत गरेको हो या होइन प्रस्ट छैन तर इन्टरफ्याक्स र तास समाचार संस्थासहित रुसी सञ्चारमाध्यमहरूमा त्यसलाई व्यापक स्थान दिइएको छ ।

यसैबीच एक जना वरिष्ठ युरोपेली सङ्घका अधिकारीले रोयटर्स समाचार संस्थासँग रुसले पूर्वी युक्रेन र दक्षिणी तटीय क्षेत्रमा आगामी दिनमा आक्रमणलाई तीव्रता दिनसक्ने बताएका छन् । उनले जारी लडाइँमा आगामी दुई हप्ता निर्णायक हुनसक्ने पनि बताए ।

सोभियत सङ्घको विघटनपछि रक्तपातपूर्ण द्वन्द्वपछि उक्त क्षेत्रले स्वतन्त्रता पाएको थियो तर त्यसलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिइएको छ। औपचारिक रूपमा त्यो अहिले पनि मोल्डभाकै हिस्सा रहेको छ । सन् १९९५ मा भएको युद्ध विराम सम्झौता अनुसार अहिले पनि उक्त क्षेत्रमा करिब १५ सय रुसी फौजहरूको सानो इकाई खटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तरी गाजामा पाँच इजरायली सैनिकको मृत्यु

  इजराइली सेनाले  उत्तरी गाजा पट्टीमा पाँच जना सैनिक मारिएका बताएको छ ।

गोली प्रहारबाट घाइते स्लोभाकका प्रधानमन्त्रीको अवस्था ‘चिन्ताजनक’

  स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था स्थिर तर अहिले पनि ‘अत्यन्त चिन्ताजनक’ रहेको

तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

  समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको हिस्साका रूपमा आन्तरिकरूपमा चार

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

  नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा