इमरान खानलाई कडा सुरक्षा दिन प्रधानमन्त्री शरीफको निर्देशन



पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शेहबाज शरीफले निवर्तमान प्रधानमन्त्री इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । निवर्तमान प्रधानमन्त्रीलाई प्रस्तावित सुरक्षाको सम्बन्धमा, आन्तरिक मन्त्रालयले खानको कडासुरक्षा सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूलाई पत्र जारी गरेको जनाएको छ ।

मन्त्रालयले चार प्रान्तका गृह सचिवहरुलाई आजाद काश्मिर र गिल्गिट–बाल्टिस्टानका साथै आईजीपी र इस्लामावादका प्रमुख आयुक्तलाई तत्काल पत्र पठाएको छ । उनीहरुले इमरान खानका लागि कडा सुरक्षा उपाय अपनाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री सरिफले आन्तरिक मामिलामन्त्री राणा सनौल्लाहलाई व्यक्तिगत रूपमा परिस्थितिको अनुगमन गर्न र आदेश कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री शेहबाजले अविश्वास प्रस्तावमार्फत इमरान खानलाई हटाएपछि अप्रिल ११ मा पाकिस्तानी प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । खान पाकिस्तानको इतिहासमा लोकतान्त्रिक प्रक्रियाबाट हटाइने पहिलो प्रधानमन्त्री बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तरी गाजामा पाँच इजरायली सैनिकको मृत्यु

  इजराइली सेनाले  उत्तरी गाजा पट्टीमा पाँच जना सैनिक मारिएका बताएको छ ।

गोली प्रहारबाट घाइते स्लोभाकका प्रधानमन्त्रीको अवस्था ‘चिन्ताजनक’

  स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था स्थिर तर अहिले पनि ‘अत्यन्त चिन्ताजनक’ रहेको

तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

  समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको हिस्साका रूपमा आन्तरिकरूपमा चार

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

  नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा