बुचामा ५७ जनाको सामूहिक चिहान भेटिएको यूक्रेनी अधिकारीको दावी



हालै रूसी सेनाबाट यूक्रेनी सेनाले फिर्ता लिएको किभ नजिकैको बुचा सहरस्थित सामूहिक चिहानमा ५७ जनाको शव गाडिएको अवस्थामा भेटिएको अधिकारीहरुले बताएका छन् । बुचामा उद्धार सेवाका प्रमुखको रूपमा आफूलाई चिनाउने सेरही काप्लिच्नीले भने, ‘यहाँ यो लामो चिहानमा ५७ जनाको शव गाडिएको छ ।’

शहरको मध्यभागमा रहेको चर्चको पछाडि सामूहिक चिहान रहेको छ । जमिनमुनि गाडिएका शबमध्ये करीब १० वटालाई माटोले आधा पुरिएको अवस्थामा देखिएको थियो । सामूहिक चिहानमा भेटिएकामध्ये केही लासहरू कालो जिपभएको झोलासहित सुरक्षाकर्मीको पहिरनमा थिए भने अरूचाहिं सामान्य पहिरनमा थिए ।

यूक्रेनले रुसी सेनालाई बुचामा ‘जानीजानी नरसंहार’ गरेको आरोप लगाएको छ । यूक्रेनी सेनाको शसक्त प्रतिरोधपछि रूसी सेनाले राजधानीबाट बिस्तारै पछि हट्दै गरेको समयमा कीभ वरिपरि रूसले गरेको गैरसैनिक व्यक्तिको हत्याका प्रमाणहरू देखा परेका छन् । एउटा शव हात पछाडि सेतो कपडाले बाँधेको अवस्थामा नजिकै यूक्रेनी पासपोर्टसहित भेटिएको पुष्टि गरेका छन् ।

जर्मनीले आइतबार बुचामा नागरिकहरूको हत्यालाई ‘भयानक युद्ध अपराध’को रूपमा निन्दा गरेको छ र रूसविरुद्ध नयाँ प्रतिबन्धको लागि आह्वान गरेको छ । यसैबीच बेलायतले उक्त घटनालाई युद्ध अपराधको रूपमा ‘भयावह कार्यहरू’को अनुसन्धानका लागि आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा स्थायी युद्धविराम हुनुपर्नेमा हमासका अधिकारीको जोड

  प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त

बङ्गलादेशमा तापक्रम बृद्धिमा नयाँ रेकर्ड

  बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो महिना रहेको बताएको छ

सन्तान विदेश जाने क्रम बढेपछि जापानमा औषतमा सात घरमध्ये एक घर खाली

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो

नासा र बोइङले स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने

अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले अगामी सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा