सेनाको कारबाहीमा मालीमा दुई सय विद्रोहीको मृत्यु


मालीमा सेनाले देशको मध्य भागमा गरेको सैन्य कारबाहीमा २०३ जना विद्रोहीको मृत्यु भएको दाबी गरेको छ । यो अपरेशन मार्च २३–३१ मा मोरा क्षेत्रमा गरिएको सेनाले जनाएको छ ।

सेनाले ५१ विद्रोही हिरासतमा लिएको र ठूलो संख्यामा हतियार बरामद गरेको छ । सन् २०१२ मा तुआरेग लडाकूहरूले देशको उत्तरी भागमा ठूलो भूभाग कब्जा गरेपछि मालीको अवस्था अस्थिर भएको थियो। इस्लामवादीहरूको गतिविधि, लिबियाका पूर्व नेता मुअम्मर गद्दाफीप्रति वफादार सेना र फ्रान्सेली हस्तक्षेपका कारण द्वन्द्व झन् बढ्दै गएको छ।