रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला


युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेका छन् । व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो।’