भारतीय विदेशमन्त्री श्रीलङ्का भ्रमणमा



भारतका विदेश मन्त्री एस जयशंकर श्रीलङ्का भ्रमणमा निस्केका छन् । श्रीलङ्काको राजधानी कोलम्बो आए लगत्तै उनले श्रीलङ्काका अर्थमन्त्री बसिल राजापाक्षसँग भेटवार्ता गरेका छन् ।

आर्थिक सङ्कटमा परेको श्रीलङ्काको आर्थिक अवस्थामा कसरी सुधार ल्याउने भन्ने बारेमा उनीहरूका बीचमा छलफल भएको अधिकारीहरूले जनाएका छन् । भेटका क्रममा श्रीलङ्कालाई भारतले के कसरी सहयोग गर्न सक्छ भन्ने बारेमा छलफल भएको र भारतको तर्फबाट सहयोगको वचन दिएको उनीहरूको भनाई छ ।

विदेश मन्त्री जयशंकरले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् आफ्नो भेटवार्ताका बारेमा जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि गत शुक्रबार श्रीलङ्काको आर्थिक सङ्कट व्यवस्थापनका लागि सबैलाई अनुरोध गरेको थियो ।

बिमस्टेक बैठकमा सहभागी हुनका लागि श्रीलङ्का आएको मौकामा विदेशमन्त्री जयशंकरले भेटवार्ता गरेका हुन् । उनी यही मार्च २८ देखि ३० सम्म श्रीलङ्कामा रहनेछन् । मार्च २९ मा बिमस्टेकको बैठक आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा