कोरोना संक्रमण बढेपछि सांघाईमा लकडाउन घोषणा



चीनमा कोरोनाभाइरसका नयाँ सङ्क्रमित पुष्टि हुने सङ्ख्या निरन्तर रूपमा पछिल्ला दिनमा बढ्दै गएको छ । सबैभन्दा ठूलो सहर सांघाईमा पनि सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै त्यहाँ लकडाउन घोषणा गरिएको छ । दुई वर्षभन्दा अगाडि कोरोनाभाइरसको महामारीयता घोषणा गरिएको यो सबैभन्दा ठूलो लकडाउन हो । नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन गरिनेछ।

सहरको पूर्वी आधा भागमा बस्ने आधा मानिसहरूलाई पाँच दिनसम्म अर्थात् अप्रिल १ सम्म घरभित्रै बस्न भनिएको छ । अत्यावश्यकीय सेवामा कार्यरतलाई मात्रै काम गर्न छुट दिइएको छ र सार्वजनिक यातायातका सेवाहरूमाथि रोक लगाइएको छ ।

उद्योग तथा कम्पनीहरूले पनि आफ्नो काम स्थगित गर्नुपर्नेछ अथवा कार्यालयबाहिरैबाट काम गर्नुपर्नेछ । सांघाईको पश्चिमी आधा भागमा शुक्रबारबाट लकडाउन गरिनेछ । ठाउँ ठाउँ छुट्याएर मानिसहरूको ठूलो सङ्ख्यामा परीक्षण गरिँदैछ र सङ्क्रमण देखिनेलाई अस्पताल वा क्वारन्टीनमा पठाइनेछ ।

चीनको एकदमै महत्वपूर्ण व्यापारिक केन्द्रले झण्डै एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरको सामना गरिरहेको छ। यद्यपि त्यहाँ देखिएको सङ्क्रमितको सङ्ख्या केही अन्तर्राष्ट्रिय मापदण्डले तोकेभन्दा धेरै होइन ।

अढाई करोड जनसङ्ख्या रहेको सहरमा अधिकारीहरूले अर्थतन्त्रमा असर पर्न नदिन धेरै कोसिस गरेका थिए । तर शनिबार त्यहाँ महामारीका सुरुका दिनमा देखिएयता उच्च सङ्ख्यामा सङ्क्रमित देखिएपछि अधिकारीहरूले लकडाउन गर्ने निर्णय लिएको देखिएको छ । अधिकारीहरूले लकडाउनसम्बन्धी सुझावहरू वीच्याटमा प्रकाशित गरेका छन्।

उनीहरूले सर्वसाधारणलाई महामारीबाट जोगिने र त्यसलाई नियन्त्रण गर्ने काम बुझेर त्यसमा सहयोग र समर्थन गर्न पनि भनेका छन् । महामारीका बेला गरिएका अन्य लकडाउनले चिनियाँ प्रान्तहरूमा असर परेको भए पनि मानिसहरूलाई त्यही क्षेत्रहरूभित्र यात्रा गर्न दिइएको थियो । तर सांघाईमा भने जनसङ्ख्या धेरै भएका कारण अहिलेसम्म नै लकडाउन गरिएको सबैभन्दा ठूलो सहर यही बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा