अस्ट्रेलिया र जापानद्वारा रुसमाथि प्रतिबन्ध घोषणा


अस्ट्रेलिया र जापानले रुसमाथि थप प्रतिबन्धहरू घोषणा गरेका छन् । क्यान्बराले रुसी अर्बपति ओलेग देरिपास्का र भिक्टोर भेक्सेल्बर्ग, ११ वटा बैंक र सरकारी निकायहरूलाई प्रतिबन्ध लगाएको छ ।

रुसको केन्द्रीय बैंकलाई पनि उक्त सूचीमा समावेश गरेर अस्ट्रेलियाले सरकारी ऋण जारी गर्ने र प्रबन्ध गर्ने सबै सरकारी निकायलाई लक्षित गरिएको अस्ट्रेलियाका विदेशमन्त्रीले बताएका छन् ।

जापानले थप १५ रुसी नागरिक र नौ संस्थालाई प्रतिबन्ध लगाएको छ। त्यसमा सरकारी स्वामित्वको अस्त्र निर्यातकर्ता रोसोबोरोन एक्सपोर्ट पनि छ।