युक्रेन युद्धले विश्वव्यापी आर्थिक वृद्धि प्रभावित पार्ने ओईसीडीको चेतावनी


एउटा प्रतिवेदनले युक्रेन युद्धका कारण त्यसपछिको पहिलो वर्षमा विश्वव्यापी आर्थिक वृद्धि एक प्रतिशतभन्दा बढीले घट्नसक्ने देखाएको छ । अर्गनाइजेसन फर इकोनोमिक डेभलपमेन्ट (ओईसीडी)ले युद्धका कारण रुसमा ‘गहिरो मन्दी’ निम्तनसक्ने पनि उल्लेख गरेको छ ।

रुस र युक्रेनले विश्व अर्थतन्त्रको सानो हिस्सा मात्रै ओगट्छन् । तर तिनीहरू कच्चा पदार्थका ठूला उत्पादनकर्ताहरू हुन् । ओईसीडीले रुस–युक्रेन द्वन्द्वले अढाइ प्रतिशतसम्म मूल्यवृद्धि निम्त्याउनसक्ने जनाएको छ।