युक्रेन संकटबारे छलफल गर्न राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान


बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत ६ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषद को आकस्मिक बैठक बोलाइएको छ ।

बेलायत, अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिकोले सुरक्षा परिषद्को बैठक बोलाएका हुन् । बेलारुसमा भइरहेको वार्तामार्फत रुस र युक्रेनले वार्ताका माध्यमबाट समाधानका लागि निरन्तर प्रयास गरिरहेको बेला बैठक बोलाइएको हो । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको शान्ति वार्ता प्रगतिमा रहेको तर निकै कठिन रहेको बताएका छन् ।

“वार्ता अझै प्रगतिमा छ। वार्ता एकदमै कठिन छ, र वार्ताको वर्तमान अवस्था, म यो जारी छ भन्न चाहन्छु,“ जेलेन्स्कीले भने । चौथो चरणको वार्ता जारी रहँदा केही विवरणले युक्रेनी प्रतिनिधिमण्डलका सदस्यले दुई पक्ष अब सहमतिमा पुग्न इच्छुक रहेको भन्दै वार्ता केही प्रगतिमा पुग्ने सुझाव दिएको छ।