अमेरिकाले युक्रेनलाई १०० वटा ‘किलर ड्रोन’ पठाउने भएको छ । बाइडन सरकारले घोषणा गरेको एउटा ठूलो सैन्य सहायता प्याकेजअन्तर्गत ती घातक अस्त्र किएभलाई उपलब्ध गराउन लागिएको जानकारी एक अमेरिकी अधिकारीले दिएका हुन् ।
नाम उल्लेख गर्न नचाहने ती सैन्य अधिकारीका अनुसार उपलब्ध गराइन लागेको यो अस्त्र स्विचब्लेड ३०० हो । यसलाई झोलामा बोक्न सकिन्छ र अमेरिकी सैनिकहरू यसलाई ‘कामिकाजे ड्रोन’ भनेर चिन्छन् ।
कङ्ग्रेसका अधिकारीहरूले एनबीसी न्यूजलाई बताएअनुसार उक्त क्षेप्यास्त्र प्रणाली शत्रुपक्षका सैनिकहरूलाई लक्ष्य गरेर प्रहार गर्न विकसित गरिएको हो र कोसौँ परबाट लक्ष्यमा बिनाचुक प्रहार गर्न यसको प्रयोग गर्न सकिन्छ । रुसी डिजाइनको भए पनि यी अस्त्रहरू केही नेटो राष्ट्रहरूसँग छन्। तसर्थ युक्रेनी सेनामा यसको प्रयोग सजिलै हुन सक्ने ठानिएको एएफपीले जनाएको छ।

प्रतिक्रिया