चिनियाँ विदेशमन्त्री वाङ यी र स्पेनिस विदेशमन्त्री जो मानुअल अलबारेसबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा सोमबार फोनवार्ता भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ ।
उनीहरुबीच द्धिपक्षीय हितका विभिन्न विषयहरुमा कुराकानी भएको थियो । उनीहरुले पछिल्लो समयमा रुस र युक्रेनका बीचको द्वन्द्वको बारेमा पनि कुराकानी गरेका छन् । त्यस्तै त्यस वार्ताका क्रममा स्पेनका विदेशमन्त्री मानुअलले हालैमात्र चीनले सफलतापूर्वक बेइजिङ विन्टर ओलम्पिकको आयोजना गरेकोमा पनि चीन सरकारलाई बधाई दिएका थिए ।
चीन र स्पेनले पनि रुस र युक्रेनलाई तत्कालै युद्ध विराम गरेर शान्तिपूर्ण वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्ने उनीहरुबीच सहमति भएको थियो । रुसले युक्रेनमा गएको करिब तीन हप्तादेखि आक्रमण गरिरहेको छ । यी दुई देशबीचमा पटक पटक वार्ता भए पनि समस्या समाधानको मार्ग भने पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया