टर्कीको राजधानी इस्तानबुलबाट बिहीबार हुने दुईसय भन्दा बढी उडान रद्द भएका छन् । इस्तानबुलमा रहेका दुई विमानस्थलबाट हुने ती उडानहरू अत्यधिक हिमपातका कारण रद्द भएको अधिकारीहरूले जनाएका छन् ।
उनीहरूले बुधबार बताए अनुसार इस्तानबुल विमानस्थलबाट बिहीबार हुने १८५ वटा उडान रद्द भएका हुन् । ती मध्ये आन्तरिक उडान अन्तर्गत १४४ वटा र ७१ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन् ।
त्यसैगरी अनाडेलुजेटका २० आन्तरिक उडान पनि रद्द भएका अधिकारीहरूले जानकारी दिएका छन् । मौसममा सुधार नभएमा अरु उडान पनि रद्द हुन सक्ने उनीहरूले आशंका व्यक्त गरेका छन्।

प्रतिक्रिया