अफगान सरकारका कार्यबाहक उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन आह्वान गरेका छन् । उनले काबुलमा आयोजित अफगानिस्तान राष्ट्रिय निजी क्षेत्र सम्मेलनलाई सम्बोधन गर्दै लगानीकर्तालाई स्वदेश फर्किन आह्वान गरेका हुन् ।
बरादारले विदेशमा रहेका अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्केर यहाँ लगानी गर्न आह्वान गरेका छन् । लगानीकर्ता र उनीहरूको सम्पत्तिको सुरक्षाको प्रत्याभूति हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
‘अन्तर्राष्ट्रिय नाकाबन्दीहरु दिनप्रतिदिन खुकुलो हुँदै गइरहेको छ र उद्योग, व्यापार र लगानीमा थप सुविधा दिने प्रयास भइरहेको छ, आर्थिक अवस्था सुधार्ने प्रयास भइरहेको छ’, बरादारले भने । मंगलबार, विश्व बैंकको सञ्चालक समितिले अफगानिस्तान पुनर्निर्माण कोषको १ अर्ब अमेरिकी डलर स्थिर नराख्र्ने निर्णय गरेको छ ।
गत अगस्ट १५, २०२१ मा तालिबानले कब्जा गरेपछि सो रकम फ्रिज गरिएको दा अफगानिस्तान बैंक (डिएबी) ले जनाएको छ । डिएबीले विश्व बैंकको यो कदमलाई सद्भावनाको रुपमा स्वागत गर्दै विश्व वित्तीय संस्थासँग थप सहकार्यका लागि आह्वान गरेको छ ।

प्रतिक्रिया