दक्षिण कोरियामा कोरोना सङ्क्रमण उच्च



दक्षिण कोरियामा गत २४ घण्टामा थप २ लाख ६६ हजार ८५३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ३९ लाख ५८ हजार ३२६ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए) को अनुसार यसअघिका दिनको एक लाख ९८ हजार ८०३ जनामा कोरोना सङ्क्रमण भएको थियो । ओमिक्रोन भेरियन्टको सङ्क्रमणले सोल महानगरीय क्षेत्रमा उच्च भएको जनाइएको छ ।

याहाँ ५९ हजार २६९ जनामा कोरोना सङ्क्रमण भएको थियो । ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ सङ्क्रमितको संख्या क्रमशः ७६ हजार ७२२ र १६ हजार ६८१ रहेका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३१ जनाले बढेर ७९७ पुगेको छ । कोरोना सङ्क्रमणको कारण थप १८६ मृत्युको पुष्टि भएको छ ।

यसैसँगै कोरोनाको कारण मृत्यु भएका कूल मृतकको संख्या ८ हजार ५८० पुगेको छ । कुल मृत्यु दर ०.२२ प्रतिशत रहेको समाचारमा जनाइएको छ । देशले कुल जनसंख्याको ८७.४ प्रतिशतलाई कोभिड–१९ खोप लगाएका छन् । पूर्ण रूपमा खोप लगाएका मानिसहरु चार करोड ४८ लाख ६६ हजार ७० जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण अफ्रिकामा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु

दक्षिण अफ्रिकी प्रहरीले देशको पूर्वी केप प्रान्तमा १७ जनालाई गोली हानी हत्या गरेपछि

नसरल्लाहको मृत्युले विश्वलाई सुरक्षित बनाएको इजरायली सेनाको दाबी

इजरायली सेनाले हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्युले विश्वलाई सुरक्षित बनाएको बताएको छ भने

स्पेसएक्सले फसेका अन्तरिक्ष यात्रीलाई फर्काउन फाल्कन–९ पठाउने

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा महिनौँदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्रीलाई स्वदेश फर्काउने ‘स्पेसएक्स मिसन’ मा

पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको