विश्व बैंक र आईएमएफद्वारा युक्रेनलाई सहायता दिने घोषणा


विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनको अर्थतन्त्रलाई सघाउन अर्बौँ डलरको सहायता प्याकेजसम्बन्धी योजना घोषणा गरेका छन् । स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा सहयोगका लागि लाखौँ डलर बराबरको आपतकालीन सहायता केही दिनभित्रै अनुमोदन हुने अपेक्षा गरिएको छ ।

रुसी आक्रणलाई लिएर वित्तीय बजारमा देखिएको समस्या र उपभोग्य वस्तुको बढ्दो मूल्यलाई लिएर अन्तर्राष्ट्रिय ऋणदाताहरूले चेतावनी दिएका छन्।