हेलमन्द प्रान्तमा भएको विष्फोटमा तीनजना घाइते


अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा भएको बम विष्फोटमा तीन जना घाइते भएका छन् । एक अधिकारीलाई उदृत गर्दै समाचार आउटलेटले जनाएअनुसार प्रान्तको नाद अली जिल्लामा विष्फोटमा तीन जना सर्वसाधारण घाइते भएका छन्।

जनवरी २२ मा पश्चिमी अफगानिस्तानको हेरात शहरमा भएको विष्फोटमा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका थिए । हेरात प्रान्तको राजधानीमा एउटा मिनीबसमा बम विष्फोट भएको टोलो न्यूजले जनाएको छ।

मृत्यु हुनेमा कम्तीमा चार जना महिला पनि रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसअघि पूर्वी नान्गाहार प्रान्तको लालपोरा क्षेत्रमा ग्यास ट्याङ्की विष्फोट हुँदा नौ बालबालिकाको मृत्यु हुनुका साथै चार जना घाइते भएका थिए ।