अफगानिस्तानलाई मानवीय सहायता गर्ने भारतको प्रतिबद्धता



भारतले छिमेकी मुलुक अफगानिस्तानका जनतालाई मानवीय सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार भनेको छ‚ “अफगानिस्तानका जनताका लागि भारतको तर्फबाट मानवीय सहायता प्रदान गरिनेछ ।”

भर्चुअल माध्यमबाट भएको साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले खाद्य पदार्थ‚ कोरोनाभाइरस विरुद्धको खोप र अत्यावश्यक अन्य विभिन्न सामग्रीहरू‚ औषधीलगायत दिइने स्पष्ट पारे । उनका अनुसार पछिल्ला केही हप्तामा भारतले अफगानिस्तानलाई ३.६ टन स्वास्थ्य सामग्री र कोरोनाभाइरस विरुद्धको खोप पाँच लाख मात्रा उपलब्ध गराएको छ । थप सहयोग सामग्रीका लागि ढुवानी प्रक्रियाको गृहकार्य सुरु भइसकेको पनि प्रवक्ता वगाचीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रान्समा मङ्कीपक्स विरुद्धको खोप अभियान चलाइने

विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्स विरुद्ध फ्रान्समा खोप अभियान चलाइने भएको छ ।

रुस-युक्रेन द्वन्द्वका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ

श्रीलंकामा औषधिको चरम अभाव

अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा

उत्तर कोरियाद्वारा तीन वटा व्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाली सरकारले तीन वटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दाबी दक्षिण कोरियाले गरेको छ