राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ



टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको छ ।

कार्यक्रमका दौरानमा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिहरूको बारेमा कुरा गर्दा “दरबारमा गाईवस्तु“ भन्ने भनाइ उल्लेख गरेको स्पुतनिकले जनाएको छ। टर्कीको कानुन अनुसार राष्ट्रपतिको अपमान गर्नु फौजदारी अपराध हो। काबासको भनाइले सामाजिक सञ्जालमा व्यापक ध्यानाकर्षण भयो र टर्कीका अधिकारीहरूबाट कडा प्रतिक्रिया आएको छ ।

सत्तारुढ जस्टिस एन्ड डेभलपमेन्ट पार्टीका प्रेस सेक्रेटरी ओमेर सेलिकले उक्त टिप्पणीलाई अनैतिक र मूर्खतापूर्ण भनेका छन् । शनिबार, टर्कीको अदालतले पत्रकारलाई गिरफ्तार गर्ने निर्णय गरेको सीएनएन टर्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा एर्दोगानलाई बाइडेनको बधाइ

अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ

एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः निर्वाचित

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । जारी राष्ट्रपतीय निर्वाचनमा

च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’

न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको

चीनमा निर्मित विमानद्वारा व्यावसायिक उडान सुरु

  चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर