अफगानिस्तानमा बसमा बम हमला गरी सातको हत्या



अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या गरिएको छ । विस्फोटमा परी ज्यान जानेमा चार जना महिला रहेका छन् । यहाँका प्रान्तीय प्रहरी अधिकारीले घटनामा परी सात जनाको मृत्यु भएको बताएका छन् ।

उनका अनुसार घटनामा अरु नौ जना घाइते पनि भएका छन् । घाइतेहरु जलेको अवस्थामा छन् र उनीहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ । बस गुडिरहेको या रोकीराखेको अवस्थामा थियो भन्ने बारेमा भने केही खुलाइएको छैन । तर शनिबार साँझ एक मिनीबसमा बम विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनाको जिम्मा कसैले पनि लिएको छैन । अफगानिस्तानको हेरात इरानसँग सीमा जोडिएको सहर हो । तालिबानी विद्रोहका समयमा पनि निकै हिंसाग्रस्त यो सहर अफगानिस्तानको तेस्रो ठूलो सहर हो ।

अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ हत्या, हिंसा र विस्फोटका घटनामा भने कमी आएको छ । तर पनि यहाँ मानवीय संकटको अवस्था सिर्जना भएका विवरणहरु भने प्रतिदिन आइरहेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियामा कोरोना संक्रमणबाट एकैदिन २७ जनाको मृत्यु

दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकैदिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको

तालिवानद्वारा अफगानिस्तानको मानवअधिकार आयोग विघटन

अफगानिस्तानमा मानवअधिकारको गम्भीर अवस्थाको बारेमा बढ्दो चिन्ताको बीचमा तालिवानले मानव अधिकार आयोगलाई विघटन

दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

भारतको दिल्लीस्थित एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ

युएईका राष्ट्रपति शेख खलिफाको निधन

संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति तथा अबु धाबीका शासक सेख खलिफा बिन जायेद