दक्षिण अफ्रिकाको चिडियाखानामा रहेका सिंह र प्युमामा कोभिड संक्रमण पुष्टि



दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र प्युमामा कोरोनाभाइरस पुष्टि भएको छ । अध्ययनपछि प्रीटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले तिनको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने बताएका छन् ।

वैज्ञानिकहरूले यदि भाइरस जनावरमा फैलिरह्यो अनि मानिसमा सर्यो भने नयाँ भेरियन्ट उत्पत्ति हुन सक्ने खतरा औँल्याउँदै सचेत गराएका छन् ।

चिडियाखानाका ती जीवजन्तु मानिसमा कोभिड हुने बेलामा देखापर्ने जस्तै लक्षणसहित बिरामी परेका थिए । उनीहरूलाई श्वास फेर्न गाह्रो भएको, नाकबाट सिँगान बगेको र सुक्खा खोकी लागेको पाइएको थियो ।

प्युमा बिरालो परिवारको एक प्रजाति हो । अनुसन्धानकर्ताहरूले चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीहरूमा कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको तर उनीहरूमा लक्षण भने नदेखिएको पाएका थिए ।

वैज्ञानिकहरूले जनावरको रेखदेख गर्दा पनि मास्क लगाउन र अन्य सुरक्षाका उपाय अपनाउन सुझाव दिएका छन् । यो अनुसन्धान समकक्षीहरूले समीक्षा गरेर प्रकाशित हुने जर्नल भाइरसेसमा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रान्समा मङ्कीपक्स विरुद्धको खोप अभियान चलाइने

विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्स विरुद्ध फ्रान्समा खोप अभियान चलाइने भएको छ ।

रुस-युक्रेन द्वन्द्वका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ

श्रीलंकामा औषधिको चरम अभाव

अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा

उत्तर कोरियाद्वारा तीन वटा व्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाली सरकारले तीन वटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दाबी दक्षिण कोरियाले गरेको छ