भारतमा थप दुई लाख ३८ हजारलाई कोरोना संक्रमण



भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ३८ हजार १८ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सोमबार सार्वजनिक गरिएको विवरणअनुसार एक दिनअघिको २४ घण्टामा दुई लाख ५८ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएका थिए । सोमबार सार्वजनिक गरिएको दैनिक सङ्क्रमितको संख्या मङ्गलबार २० हजार ७१२ जना कम थियो ।

भारतमा अहिलेसम्म कुल तीन करोड ७५ लाख भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भईसकेका छन् । ती मध्ये १७ लाख ३६ हजार ६२८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

हाल रहेका सक्रिय सङ्क्रमित मध्ये आठ हजार ८९१ जना मात्रै ओमिक्रोनबाट सङ्क्रमित रहेको पाइएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख ५७ हजार ४२१ रहेको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५३ लाख ९४ हजार ८८२ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा ३१० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८६ हजार ७६१ रहेको छ ।

यहाँ कोरोना भाइरस निको हुने दर ९४.०९ प्रतिशत रहेको जनाइएको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ५४ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५८ करोड ४ लाखभन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’