तमिलनाडुका विद्यालय जनवरी ३१ सम्म बन्द



कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ ।

राज्य सरकारले जनवरी १९ बाट सञ्चालन हुने भनिएको परीक्षा पनि स्थगित गरेको छ । तमिलनाडु सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्यमा कोभिड–१९ को महामारी पुनः बढेपछि सबै तहका विद्यालयहरूमा पठनपाठन तथा परीक्षाका कार्यक्रम जनवरी ३१ सम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

यस निर्णयसँगै जनवरी १९ देखि सञ्चालन गरिनेगरी तय भएका परीक्षाका कार्यक्रम पनि तत्कालका लागि स्थगित भएका छन् ।” तामिलनाडुमा हाल एक लाख ३१ हजारभन्दा बढीमा कोभिड–१९को सक्रिय सङ्क्रमण रहेको बताइएको छ । राज्यमा कोभिड सङ्क्रमित ३६ हजार ९६७ जनाको मृत्यु भएको छ । राज्यमा कूल सङ्क्रमितमध्ये २७ लाख ४७ हजारभन्दा बढी निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ