जर्मनीमा खोप समर्थक र विरोधीहरुको प्रदर्शन



दशौं हजार खोप समर्थकहरू र महामारी अस्वीकार गर्नेहरूले जर्मनीभर जुलुस निकालेका छन् । सार्वजनिक प्रसारक एआरडीका अनुसार दक्षिणपश्चिमी शहर फ्रेइबर्गमा करिब ८ हजार ५०० मानिस सडकमा उत्रिएका थिए ।

तिनीहरूमध्ये लगभग ६ हजारले सार्वजनिक र निजी जीवनमा प्रतिबन्धको विरोध गरे जबकि २ हजार ५०० ले प्रतिद्वन्द्वी प्रदर्शन गरे। त्यसेगरी थप ३,००० प्रदर्शनकारीहरूले कोभिड–१९ असन्तुष्टहरूको आलोचना गर्दै उत्तरी बन्दरगाह शहर ह्याम्बर्गमा जुलुस निकालेका छन् ।

सयौं प्रदर्शनकारीहरू मास्क नलगाइकन ह्याम्बर्गर कुनस्टले बाहिर र्याली  गर्दै प्रतिबन्धको अवज्ञा गरेका छन् जसका कारण पुलिससँग छिटपुट झडप भएको थियो । साथै ओस्नाब्रक, श्वेरिन, म्युनिख, फर्थ र डसेलडोर्फमा हजारौं मानिसहरूले प्रदर्शन गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियामा कोरोना संक्रमणबाट एकैदिन २७ जनाको मृत्यु

दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकैदिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको

तालिवानद्वारा अफगानिस्तानको मानवअधिकार आयोग विघटन

अफगानिस्तानमा मानवअधिकारको गम्भीर अवस्थाको बारेमा बढ्दो चिन्ताको बीचमा तालिवानले मानव अधिकार आयोगलाई विघटन

दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

भारतको दिल्लीस्थित एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ

युएईका राष्ट्रपति शेख खलिफाको निधन

संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति तथा अबु धाबीका शासक सेख खलिफा बिन जायेद