पाकिस्तानद्वारा पहिलो पटक राष्ट्रिय सुरक्षा नीति सार्वजनिक



पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार देशमा पहिलो पटक राष्ट्रिय सुरक्षा नीतिको सार्वजनिक संस्करणको सुरुवात गरेका छन् । यसलाई देशमा समावेशी विकासका लागि ‘सबै समेट्ने’ ढाँचा भनिएको छ ।

यहाँ आयोजित शुभारम्भ समारोहलाई सम्बोधन गर्दै खानले पाकिस्तानको सुरक्षा आफ्ना नागरिकको सुरक्षामा रहेको धारणामा यो नीतिगत रोडम्याप नागरिक केन्द्रित रहेको बताए । कुनै पनि राष्ट्रिय सुरक्षा पद्धतिले विभेदरहित मौलिक हक र सामाजिक न्यायको प्रत्याभूति दिलाउँदै राष्ट्रिय सहमति र जनताको समृद्धिलाई प्राथमिकता दिनुपर्ने प्रधानमन्त्री खानले बताए ।

नागरिकहरूको विशाल क्षमता प्राप्त गर्न पाकिस्तानले वितरणमा आधारित सुशासनलाई बढावा दिनु आवश्यक भएको उनको तर्क छ । खानले पाकिस्तानको विदेश नीति र सैन्य क्षमताको प्रमुख लक्ष्य यस क्षेत्र र त्यसभन्दा बाहिर शान्ति र स्थिरता रहने भन्दै पाकिस्तानको विदेश नीति आर्थिक कूटनीतिसँगै सम्बन्ध प्रवर्द्धनमा पनि धेरै केन्द्रित हुने बताए ।

सो अवसरमा पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोईद युसुफले परम्परागत र गैर परम्परागत दुवै मुद्दाले पाकिस्तानको सुरक्षामा असर पार्ने भएकाले यो नीतिगत ढाँचाले राष्ट्रिय सुरक्षालाई व्यापक रुपमा लिएको बताए ।

राष्ट्रिय सुरक्षा नीति आर्थिक सुरक्षाको वरिपरि केन्द्रित छ र भू–रणनीतिक रणनीति तथा अपेक्षाहरूमा पाकिस्तानको सुरक्षालाई सुदृढ पार्न र विश्वमा खडा हुन पनि प्रमुख भूमिका रहेको युसुफले बताए । राष्ट्रिय सुरक्षा नीतिलाई पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति र संघीय मन्त्रीमण्डलले डिसेम्बरको अन्ततिर अनुमोदन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु

पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । सोमबार

भारतमा थप दुई लाख ३८ हजारलाई कोरोना संक्रमण

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ३८ हजार १८ जना सङ्क्रमित

पाकिस्तानी प्रधानमन्त्री र रुसी राष्ट्रपतिबीच टेलिफोनवार्ता

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गरेका छन् ।

अष्ट्रेलियामा कोरोना संक्रमणबाट एकैदिन ७४ जनाको मृत्यु

अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको छ