दक्षिण अफ्रिकामा बुधबार भएको एक सवारी दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी आपसमा ठोक्किँदा १७ जनाको ज्यान गएको छ भने अन्य १२ जना घाइते भएका छन् । ती घाइतेको अवस्था पनि गम्भीर रहेको छ ।
निकै द्रूत गतिमा ती दुवै सवारी दुई बिपरीत दिशाबाट आएका थिए । त्यस क्रममा ठोक्किएका र त्यसपछि सवारीमा आगो लागेको थियो । आगलागीका कारण ती सवारी साधनमा रहेका यात्रुहरु नराम्ररी जलेका थिए । जलेका कारण शवको पहिचान हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया