अमेरिकीमा ८० प्रतिशत आईसीयू बेड भरिभराउ



संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड–१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ । सघन उपचार एकाई (आईसीयू) मा ७८ प्रतिशत बेडहरू भरिभराउ छन् ।

जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा जेम्स फिलिप्सले उक्त जनाकारी दिएको बिहीबार सीएनएनले जनाएको छ । यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड–१९का घटनाहरू पाँच लाखभन्दा माथि छ । यो सँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ ।

केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ । अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ७८ प्रतिशत आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२ प्रतिशत कोभिड–१९का बिरामीहरू छन् । अन्य धेरै देशहरू जस्तै, अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाटो सदस्य राष्ट्रहरूबीच रक्षा बजेटमा उल्लेखनीय वृद्धि

ब्रसेल्स । नाटोले सन् २०२४ मा ३२ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले आफ्नो कुल

‘विनफास्ट’को विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

हनोई । भियतनामको विद्युतीय गाडी निर्माता ’विनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको

ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई सन्देशः ‘अब शान्ति सम्झौता गरौं’

युक्रेन । कीभमा भएको घातक रुसी मिसाइल आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी

इजरायली आक्रमणमा गाजामा २९ जनाको मृत्यु

गाजा। गाजा पट्टीमा बिहीबार भएका इजरायली  हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकको