जम्मु–कश्मीरमा भएको मुठभेडमा दुई बन्दुकधारीको मृत्यु


जम्मु कश्मीरको कुलगाम जिल्लाको रेडवानी क्षेत्रमा बुधबार राति सुरक्षा बल र आतंककारीहरू बीचको मुठभेडमा दुई अज्ञात आतंकवादी मारिएका प्रहरीले जनाएको छ । हाल सुरक्षा अपरेसन चलिरहेको र घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।