रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोँबीच फोनवार्ता
रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ । उनीहरुबीच खासगरी युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ ।
उनीहरुले सो विषयमा कुराकानी गर्ने क्रममा रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनले र फ्रान्सेली राष्ट्रपति म्याक्रोँसँग यस विवादको समाधान शान्तिवार्ताबाट गर्नुपर्नेमा जोड दिएका थिए । साथै कुराकानीका क्रममा युक्रेनका बारेमा पनि छलफल भएको थियो । युक्रेनको पछिल्लो अवस्थाका बारेमा पुटिनले म्याक्रोँलाई जानकारी गराएका थिए ।
वार्ताका क्रममा दुई देशका राष्ट्रप्रमुखहरुका बीचमा हालैका दिनमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमा कुराकानी पनि भएको र उनीहरुबीच यो महामारीको नियन्त्रणका लागि संयुक्त रुपमा मिलेर लड्ने बारेमा सहमति भएको थियो ।