अमेरिका र राष्ट्रसंघद्वारा ११ जना गाउँलेको हत्या गरेको भन्दै म्यान्मारको सैनिक शासनको निन्दा



संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र संघले म्यानमारको सैनिक सरकारको निन्दा गरेको छ । जसलाई वाशिंगटनले एक अस्तव्यस्त मध्य क्षेत्रमा बालबालिकासहित ११ गाउँलेको हत्याको विश्वसनीय र पीडादायी रिपोर्टको रूपमा वर्णन गरेको छ ।

अमेरिकाको विदेश मन्त्रालय र संयुक्त राष्ट्रसंघका महासचिवको विज्ञप्ति अनुसार स्थानीय सञ्चार माध्यम र बासिन्दाहरूले सैनिकहरूले सागिङ क्षेत्रको डोनटाव गाउँबाट ११ जना मानिसलाई बारीमा पसेर नियन्त्रणमा लिएको बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने, “बर्मी सेनाले उत्तरपश्चिम बर्मामा बालबालिकासहित ११ जना गाउँलेहरूलाई बाँधेर जिउँदै जलाएको भन्ने विश्वसनीय र पीडादायी रिपोर्टहरूबाट हामी आक्रोशित छौं।“ १० महिनाअघि आङ सान सुकीको सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएको म्यानमारको सैनिक सरकारले त्यो दाबीलाई अस्वीकार गरेको छ ।

राज्य–समर्थित ग्लोबल न्यू लाइट अफ म्यान्मार अखबारले शुक्रबार रिपोर्टहरू “नक्कली समाचार“ र “स्थानीय र अन्तर्राष्ट्रिय जडानहरूको षड्यन्त्र“ को प्रमाण मात्र भएको बताएको छ । आफ्नो नाम न छाप्ने सर्तमा एएफपीसँग कुरा गर्दै, एक बासिन्दाले एएफपीलाई भने उनीहरूले हात बाँधिएका शवहरूबाट धुँवा आइरहेको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको एउटा भिडियोमा जमिनमा धेरै नराम्ररी जलेको शव देख्न सकिन्छ ।

यसैबीच, डेमोक्रेटिक भ्वाइस अफ बर्मा आउटलेटले पनि सेनामाथि आक्रमण गरेपछि भाग्न नसकेका गाउँलेहरूलाई कब्जा गरेको रिपोर्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन

इरान र अमेरिकाबीच नयाँ चरणको आणविक वार्ता सुरु

ओमान । संयुक्त राज्य अमेरिका र इरानबीच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता

अमेरिकामा दादुराका ८०० भन्दा बढी बिरामी भेटिएको पुष्टि

लस एन्जलस । अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको