स्पेसएक्सको फाल्कन-९ रकेट सफलतापूर्वक प्रक्षेपण


एलोन मस्कको एयरोस्पेस कम्पनी स्पेसएक्सले फ्लोरिडाको केप क्यानाभरल स्पेस फोर्स स्टेशनबाट ’पेलोड’को रूपमा ४८ स्टारलिंक इन्टरनेट उपग्रह र दुई ब्ल्याकस्काई उपग्रहहरू बोकेको फाल्कन ९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

“लिफ्ट अफ!“ स्पेसएक्सले आफ्नो आधिकारिक ट्विटरमा बिहीबार रकेट प्रक्षेपणको प्रारम्भिक भिडियो प्रसारण गरेको छ । फाल्कन- ९ रकेट, जुन आंशिक रूपमा पुनः प्रयोज्य छ यसको पहिलो चरणको बुस्टरहरू पाँचवटा स्टारलिङ्क मिसनहरू सहित धेरै अभियानहरूको भागको रूपमा अन्तरिक्षमा प्रक्षेपण गरिएको जनाइएको छ।