वायु प्रदुषणका कारण दिल्लीका सबै विद्यालय बन्द



भारतको दिल्लीका सवै विद्यालयहरु फेरि बन्द गर्ने घोषणा भएको छ । शुक्रबारदेखि सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको दिल्लीका वातावरण मन्त्री गोपाल रायले बिहीबार जानकारी दिए ।

“अर्को सूचना जारी नभएसम्मका लागि भोलिदेखि दिल्लीका सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको छ,” मन्त्री रायले भने । उनका अनुसार दिल्लीमा वायु प्रदुषणको अवस्था अत्यन्त नराम्रो र घातक रहेकाले अनिश्चितकालका लागि विद्यालय बन्द गर्नु परेको हो ।

विद्यालय खुल्लै राख्दा दिल्लीको वायु प्रदुषण झन झन बढ्दै गएको भन्दै सर्वोच्च अदालतले सरकारको ध्यानाकर्षण गरेको भोलिपल्ट सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले जनाएका छन् । सरकारले कामदारहरूलाई पनि घरबाटै काम गर्न आग्रह गरेको छ । सवारी साधनमा हिडडुल गर्दा वायु प्रदुषण बढ्ने र बाहिर हिड्दा वायु प्रदुषणको असर बढी पर्ने भएकाले सवारी साधनमा हिड्नु वा पैदल हिड्नु दुवै घातक हुने विज्ञहरूको भनाइ छ ।

“वायु प्रदुषण न्युनिकरणबाहेक दिल्लीको अहिलेको समस्या समाधान गर्ने अरु कुनै उपाय नै छैन, त्यसैले वायु प्रदुषण न्युन गर्ने उपायहरु अपनाउनु परेको हो,” मन्त्री रायले भने । दिल्ली सरकारले यसअघि गत नोभेम्बर २९ मा मात्रै दिल्लीका विद्यालयहरू पुनः सञ्चालनमा ल्याएको थियो ।

कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेका दिल्लीका विद्यालयहरू अहिले फेरि वायु प्रदुषणका कारण बन्द गर्नु परेको छ । विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठनपाठन नराम्रोसँग विग्रिएको छ भने विद्यार्थीको भविष्य प्रति नै धेरैले चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम