अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट



पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ ।अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको समाचार दिएका भनी विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका हुन् ।

उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो । यसबाट उनको कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको छ ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्नियामा बुधबार देखा परेको यो नै अमेरिकामा देखिएको ओमिक्रोनको पहिलो संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ ।अघिल्लो हप्ता दक्षिण अफ्रिमा पत्ता लागेको बताइएको यो भाइरस विश्वका कैयौँ देशमा भेटिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु

पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । सोमबार

भारतमा थप दुई लाख ३८ हजारलाई कोरोना संक्रमण

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ३८ हजार १८ जना सङ्क्रमित

पाकिस्तानी प्रधानमन्त्री र रुसी राष्ट्रपतिबीच टेलिफोनवार्ता

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गरेका छन् ।

अष्ट्रेलियामा कोरोना संक्रमणबाट एकैदिन ७४ जनाको मृत्यु

अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको छ