मन्त्रीहरुलाई अनुमतिविना विदेश भ्रमणमा नजान पाकिस्तानी प्रधानमन्त्रीको आग्रह



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन् । उनले आफूले पनि स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको बताएका छन् ।

‘द एक्सप्रेस ट्रिब्युन’ काअनुसार विश्वव्यापी जलवायु शिखर सम्मेलनको लागि राष्ट्रिय सभा सदस्य (एमएनए) रियाज फट्यानाको ग्लासगो यात्रा र कलहका आरोपहरू मन्त्रिपरिषद् बैठकमा छलफलका लागि आएका विषयहरूमध्ये एक थियो ।

प्रधानमन्त्रीले आफूले विदेश भ्रमण नगरेको बताउँदै आफ्नो मन्त्रालयका मन्त्रीहरु पनि यस्ता भ्रमणबाट टाढै बस्नु राम्रो हुने बताएका छन् । सूचना मन्त्री फवाद चौधरीले मन्त्रीहरूभन्दा पनि एमएनए र सिनेटरहरू विदेश जाने गरेको पनि भनाइप्रति धारणा राख्दै खानले सरकारी एमएनए र सिनेटरसमेत विदेश भ्रमणमा जानका लागि यो उपयुक्त समय नभएको बताए ।

प्रधानमन्त्री खानले भने,“सरकारी कामकाज हाम्रो लागि पहिलो प्राथमिकता हुनुपर्छ ।” द न्युज इन्टरनेसनलका अनुसार कोभिड–१९ को ओमिक्रोन सङ्क्रमणको खतराप्रति चिन्तित पाकिस्तानले विश्वव्यापी खतराको प्रतिरोध गर्न नयाँ खोप योजनाको घोषणा गरेको छ ।

जसअन्तर्गत रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरू, स्वास्थ्यकर्मीहरू र ५० वर्षभन्दा बढी उमेरकाहरूलाई अतिरिक्त खोप दिइने योजना पाकिस्तान सरकारले अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तमिलनाडुका विद्यालय जनवरी ३१ सम्म बन्द

कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै

९० प्रतिशत चिनियाँले लगाए कोभिड खोप

करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वस्थ्य अधिकारीहरुले

जर्मनीमा खोप समर्थक र विरोधीहरुको प्रदर्शन

दशौं हजार खोप समर्थकहरू र महामारी अस्वीकार गर्नेहरूले जर्मनीभर जुलुस निकालेका छन् ।

चिनियाँ दुर्लभ खनिज प्रयोग गर्नबाट रोक्न अमेरिकी विधेयक

रक्षा ठेकेदारहरूलाई सन् २०२६ सम्ममा चीनबाट प्राप्त दुर्लभ पृथ्वी खनिजहरूको प्रयोग अन्त्य गर्न