वृद्ध र बिरामीको हेरचाह गर्न जर्मनीमा ३५ हजार स्वास्थ्यकर्मीको अभाव



जर्मनीमा बिरामी र वृद्धवृद्धाको हेरचाह गर्न कम्तीमा ३५ हजार स्वास्थ्यकर्मीको अभाव भएको छ । जर्मनीको ‘इन्स्टिच्युट अफ इकोनोमिक्स’को क्षमता केन्द्रबाट प्राप्त तथ्याङ्कलाई उदृत गर्दै राष्ट्रिय दैनिक अखबार वेल्टले शनिबार स्वास्थ्य कर्मीको अभावबारे समाचार छापेको हो ।

केन्द्रका अनुसन्धाता सुजान सेडाले वेल्टसँग भने, “देशको स्वास्थ्य क्षेत्रमा जस्तो कर्मचारीहरूको उच्च कमी अन्य विशेषज्ञ सेवा प्रदायक क्षेत्रमा भने छैन ।” सन् २०११ देखि यस क्षेत्रमा रिक्त पदमा ४० प्रतिशतवृद्धि गरिएको भएपनि अझै कर्मचारीको अभाव देखिएको सरकारी अधिकारीले बताएका छन् ।

अधिकारीहरूका अनुसार अहिले कर्मचारीहरूको अभावको वास्तविक परिमाण ३५,००० भन्दा बढी हुन सक्ने बताएका छन् । केन्द्रको अनुमानले तल्लो सीमालाई मात्र प्रतिबिम्बित गरेको हुनसक्ने विश्लेषकहरूले बताएका छन् । उक्त पत्रिकाले बताएअनुसार चिकित्सा स्वास्थ्यकर्मीहरूको अभाव सरकारले व्यवस्था गरेको कम तलबका कारण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन

इरान र अमेरिकाबीच नयाँ चरणको आणविक वार्ता सुरु

ओमान । संयुक्त राज्य अमेरिका र इरानबीच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता

अमेरिकामा दादुराका ८०० भन्दा बढी बिरामी भेटिएको पुष्टि

लस एन्जलस । अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको