ताइवानसँगको सबै प्रकारका आधिकारिक अन्तरक्रिया रोक्न अमेरिकालाई चीनको चेतावनी



चीनको विदेश मन्त्रालयका प्रवक्ताले संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन–अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न र ताइवानसँग सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द गर्न आग्रह गरेका छन् ।

केही अमेरिकी सांसदहरूको ताइवान भ्रमणले एक चीन सिद्धान्त र तीन चीन–अमेरिका संयुक्त विज्ञप्तिको प्रावधानको गम्भीर उल्लङ्घन गरेको उनको ठहर छ। उनले भनेका छन्,‘चीनले यसको कडा निन्दा गर्दछ र दृढताका साथ अस्वीकार गर्दछ र यस्ता विषयमा अमेरिकी पक्षसँग गम्भीर हुन आग्रह गर्दछ।’

चीनको पुनर्मिलन इतिहासको एक अटुट प्रवृति भएको उल्लेख गर्दै प्रवक्ता झाओले केही अमेरिकी राजनीतिज्ञ र ताइवानका अधिकारीहरूले देखाएको अनाड़ी प्रदर्शन चीनको पुनर्मिलन प्रक्रियाबाट प्रभावित हुने र विश्वका १८० देशले प्रतिबद्ध रहेको अटूट परिदृश्यलाई कहिल्यै परिवर्तन गर्न नसक्ने टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानद्वारा आणविक केन्द्र बन्द

  इरानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’

काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

  भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको

जर्मन चान्सलर सोल्सले चिनियाँ राष्ट्रपति सीसँग युक्रेन शान्तिबारे छलफल गर्ने

  जर्मन चान्सलर ओलाफ सोल्सले मङ्गलबार चीनका राष्ट्रपति सी जिनपिङसँग युक्रेनमा ‘न्यायपूर्ण शान्ति’

टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती