सोमालियामा कारबम विस्फोटमा परी पाँच जनाको मृत्यु



सोमालियाको राजधानी मोगादिसुनजिकै बिहीबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य १५ जना घाइते भएका छन् । पाँच जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका पुष्टि भएको सुरक्षा अधिकारी मोहम्मद अब्दिल्लाहीले एएफपीलाई जानकारी दिएका छन् ।

आक्रमणको कारण थाहा नभएको सुरक्षा स्रोतले जानकारी दिएको छ । मोगादिसुको आमिन एम्बुलेन्स सेवाका निर्देशक अब्दिकादिर अब्दिरहमानले ट्वीटरमा भग्नावशेषको तस्बिर साझा गर्दै बम विष्फोटलाई दुःखद घटना भएको बताएका छन् ।

विस्फोटको जिम्मेवारी तत्कालै कसैले लिएको छैन, तर जिहादी अल–शबाब समूहले मोगादिसुमा यसअघि पनि यसप्रकारको आक्रमणहरु गराउँदै आएको हुनाले बिहीबार भएको आक्रमण पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका