सोमालियालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह



संयुक्त राष्ट्रसंंघले सोमालियालाई सहायता गर्न विश्व समुदायलाई आग्रह गरेको छ । सोमालियमा चरम मात्रामा खाद्य संकट पर्न लागेको भन्दै सहयोगका लागि राष्ट्रसंंघले आग्रह गरेको हो । संयुक्त राष्ट्रसंंघले सोमालियामा अहिले पनि नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र यो समस्या आगामी वर्ष झन् ठूलो संकटका रुपमा आउने बताएको छ ।

संयुक्त राष्ट्रसंंघले अहिले पनि विद्यमान रहेको समस्या दिन प्रतिदिन बढ्दै गएको देखिएको हो । सोमालियामा अवस्थित संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य संकटबारे यो जानकारी गराएको हो ।

\मानवीय सहायतासम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) ले सोमालियामा आगामी सन् २०२२ को मे महिनासम्ममा खाद्यान्न अभावनको समस्या झन् बढ्ने जनाएको छ । उसले सन् २०२२ को मे महिनासम्ममा कम्तीमा पनि ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने पाइएको जनाएको छ । लामो समयसम्म खडेरी परेका कारण नागरिक प्रभावित भएका हुन् ।

यसै वर्षको अप्रिलदेखि नै यहाँका मानिसले खाद्य संकट व्यहोरिरहेका छन् । आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ । त्यसैले यहाँ खाद्यान्न सहयोग गर्न राष्ट्रसंघीय निकायले सहयोगका लागि विदेशी दातृसंस्था र देशहरुलाई आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक