चीन र अमेरिकाबीच जलवायु सहकार्यलाई तीव्रता दिने सहमति



चीन र अमेरिकाले ग्लास्गोमा आयोजित कोप२६ जलवायु सम्मेलनमा आउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने सहमति गरेका छन् । विश्वका दुई ठूला हरितगृह ग्यासका उत्सर्जनकर्ताहरूले आफ्ना कामलाई तीव्रता दिने उल्लेख गरिएको संयुक्त वक्तव्य जारी गरेका छन् ।

वक्तव्यले पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न उनीहरूको सहकार्यको दृढ बाचालाई स्मरण गरेको जनाएको छ । उनीहरूले उक्त लक्ष्य भेट्नका लागि रहेका उल्लेख्य खाडलहरू पुर्ने प्रयासहरू बढाउने बताएका छन् । चीनका मुख्य जलवायु वार्ताकार सी जिन्ह्वाले जलवायु परिवर्तनका मामिलामा चीन र अमेरिकाबीच असहमतिभन्दा धेरै सहमति रहेको बताएका छन् ।

पछिल्ला १० महिनामा झण्डै ३० भर्चुअल बैठकहरू गरेपछि त्यस्तो वक्तव्य आएको बताइएको छ । चीनका मुख्य जलवायु वार्ताकार सी जिन्ह्वाले जलवायु परिवर्तनका मामिलामा चीन र अमेरिकाबीच असहमतिभन्दा धेरै सहमति रहेको बताए ।

जुन गतसाता राष्ट्रपति बाइडन र चिनियाँ राष्ट्रपति ग्लास्कोमा नआएर जलवायु सङ्कटबाट भागेको भन्ने अभिव्यक्तिसँग अमिल्दो देखिन्छ । अमेरिकी जलवायु मामिला दूत जोन केरीले अमेरिका र चीनबीच असहमतिका अभाव नभएको तर जलवायुमा सहकार्य मात्रै यो काम गर्ने एकमात्र बाटो भएको बताए ।

यसैसाताको सुरुमा एउटा हानिकारक हरितगृह ग्यासको उत्सर्जन सीमित पार्ने झण्डै १०० अन्य देशहरूले गरेको संयुक्त सहमतिमा सहभागी हुन चीनले अस्वीकार गरेको थियो ।

त्यसको साटो चीनले मिथेनको समस्यासँग जुझ्न राष्ट्रिय योजना बनाउने वाचा गरेको थियो । यसले अर्को साता बाइडन–सीबिच हुने एउटा भर्चुअल सम्मेलनको लागि समेत ब्रिग्रिरहेको अवस्थाबीच एकखाले माहोल बनाएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कङ्गोमा पानी जहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को कङ्गो नदीमा एउटा पानी जहाज दुर्घटना हुँदा

भारतमा एकैदिन साढे तीन लाखलाई कोरोना संक्रमण

भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन् ।

ट्रक विष्फोट हुँदा घानामा कम्तीमा १७ जनाको मृत्यु

घानाको पश्चिमी क्षेत्रमा ट्रक विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

अस्ट्रियामा खोप नलगाउनेलाई ३६ सय युरो जरिवाना हुने

अस्ट्रियामा सरकारले ल्याएको अनिवार्य खोप लगाउनुपर्ने प्रस्तावलाई त्यहाँको तल्लो सदनले पारित गरेपछि युरोपेली