भियतनाममा चीनद्वारा निर्मित सहरी रेलवे सञ्चालनमा



भियतनामी राजधानी हनोईका अधिकारीहरूले चीनद्वारा निर्मित क्याट लिन्ह–हा डोङ मेट्रो लाइन परियोजनाको उद्घाटन गर्दै यो व्यावसायिक सञ्चालन सुरु गर्ने देशको पहिलो मेट्रो लाइन बनेको बताएका छन् ।

उक्त परियोजना हनोईलाई यसको लगानीकर्ता भियतनामी यातायात मन्त्रालयले सोही दिन हस्तान्तरण गरेको छ । मेट्रो लाइनका सबै यात्रुहरूले पहिलो १५ दिनसम्म निःशुल्करूपमा आवतजावत गर्न सक्नेछन् ।

शनिबार बिहान निःशुल्क दुईतर्फी यात्रा गरेपछि हनोईको थान जुआन जिल्लाकी ३० वर्षीय यात्री होआङ थि हुओङले मेट्रो लाइन आफूले विदेशमा देखेको जत्तिकै आधुनिक भएको प्रतिक्रिया दिएकी छिन् ।

“ अब मलाई काममा जाँदा हरेक बिहान भीडको चिन्ता लिनु पर्दैन,“ हुओङले सिन्ह्वालाई भनिन् शहरमा यातायात सहज बनाउन थप सहरी रेलवे परियोजनाहरू निर्माण गरिने हुँदै जनेछन् । १२ स्टेसन भएको एलिभेटेड लाइन १३ किमी भन्दा बढी छ। प्रत्येक रेल प्रतिघण्टा ८० किलोमिटर को गतिमा एक हजार यात्रु बोकेर हिड्नेछ ।

एलिभेटेड रेलवे परियोजनाले आधिकारिक रूपमा अक्टोबर २०११ मा निर्माण शुरु गरेको थियो भने यसको परीक्षण डिसेम्बर २०२० मा गरिएको थियो । प्रति यात्रुह टिकटको मूल्य ३० हजार भियतनामी मुद्रा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यामरुनको एउटा नाइटक्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

क्यामरुन सरकारले आइतबार राजधानी याउन्डेस्थित एक रात्रिक्लबमा आतसबाजीका कारण भएको आगलागीमा परी कम्तीमा

तालिवान प्रतिनिधिमण्डल ओस्लोमा

अफगानिस्तानको सत्तामा फर्किएपछि युरोप भ्रमण गर्ने पहिलो तालिवान प्रतिनिधिमण्डलले आइतबार ओस्लोमा वार्ता सुरु

राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ

टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी

अफगानिस्तानमा बसमा बम हमला गरी सातको हत्या

अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या